बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेपालबाट बंगलादेश बिजुली निर्यात सुरू

images
शुक्रबार, कात्तिक ३० २०८१
images
images
नेपालबाट बंगलादेश बिजुली निर्यात सुरू

यो वर्ष आज शुक्रबार ४० मेगावाट बिजुली निर्यात हुने छ। त्यसपछि सन् २०२५ को जुनपछि नियमित निर्यात सुरू गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश निर्यात सुरू भएको छ। भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात सुरू भएको हो।

images
images

शुक्रबारदेखि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो।

images
images

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेसँगै निर्यात सुरू भएको छ।

images
images

यो वर्ष आज शुक्रबार ४० मेगावाट बिजुली निर्यात हुने छ। त्यसपछि सन् २०२५ को जुनपछि नियमित निर्यात सुरू गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

गत असोज १७ गते  नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा क्षेत्रको विकासमा त्रिपक्षीय सम्झौता भएकाे थियो। सोही सम्झौताले भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश जाने बाटो खुलेको थियो।

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर-भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जानेछ। प्राधिकरणले तोकिएको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ।

पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु भएको छ। प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका ६ महिना ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ। प्रतियुनिट ८.१७ टाका (९ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ।

नेपाल विद्युत प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४ अमेरिकी सेन्ट पाउनेछ। प्रतिमहिना २८ हजार ८ सय मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ। बंगलादेशले २३.२८ मेगावाटको त्रिशुली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् पहिलो चरणमा लैजाने छ।

बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend