शनिबार, मंसिर २९ गते २०८१    
images
images

सूचकमा सधैँ अब्बल नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स, कुनको सेयर किन्दा के फाइदा?

images
शनिबार, मंसिर १ २०८१
images
images
सूचकमा सधैँ अब्बल नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स, कुनको सेयर किन्दा के फाइदा?
images
images

काठमाडौं- नेपालमा दशकदेखि नै दुई इन्स्योरेन्स कम्पनी सधैँ अग्रस्थानमा छन्। लाइफ इन्स्योरेन्सतर्फ नेपाल लाइफ इन्स्योरेन्स र ननलाइफतर्फ शिखर इन्स्योरेन्स सधावहार कम्पनी हुन्।

images
images
images

दोस्रो बजारमा पनि यिनै दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण हुने गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयर खरिदमा लगानीकर्ताहरू विशेष चासो दिने गर्छन्। 

images

नेपाल लाइफ इन्स्योरेन्स

images

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो तीन महिनामा नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। दोस्रो बजारमा कम्पनीको बिहीबार प्रतिकित्ता ८६५ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा १०६० रुपैयाँसम्म पुगेको सेयर मूल्य ५६६ रुपैयाँसम्म झरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.१४ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३० प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा १३.१० प्रतिशत र कुल खर्च १२.७५ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ ३१ पैसा बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८७.४१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोषमा १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। कम्पनीको बिहीबार दोस्रो बजारमा ८६८ रुपैयाँमा प्रतिकित्तामा कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा बढेर ११२० रुपैयाँ पुगेको थियो। भने घटेर ६६९ रुपैयाँसम्म झरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी १.८८ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको छ भने कुल खर्च ३.१७ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४३ पैसा बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : शनिबार, मंसिर १ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend