सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

शिखर इन्स्योरेन्सको नाफा बढ्यो

images
शुक्रबार, कात्तिक ३० २०८१
images
शिखर इन्स्योरेन्सको नाफा बढ्यो
images
images

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

images
images
images

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी १.८८ प्रतिशत घटेको छ। त्यस्तै इन्स्योरेन्सको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको छ भने कुल खर्च ३.१७ प्रतिशत घटेको छ।

images
images

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४३ पैसा बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend