बुधबार, माघ १६ गते २०८१    
बुधबार, माघ १६ २०८१
images
images

मंसिरका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदरलाई स्थिरता दिँदा केहीले घटाए, कर्जाको ब्याजदर थप घट्ने

images
शुक्रबार, कात्तिक ३० २०८१
images
images
मंसिरका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदरलाई स्थिरता दिँदा केहीले घटाए, कर्जाको ब्याजदर थप घट्ने

बचतको ब्याजदर न्युन बिन्दुतर्फ आएकाले बैंकहरूले बचतको ब्याजदर घटाउनेभन्दा स्थिर बनाउनेतर्फ अगाडि बढेका छन्।

images
images

काठमाडौं- मंसिरमा अधिकांश बैंकहरूले बचतको ब्याजदरलाई स्थिरता दिएका छन्। केही बैंकवित्तीय संस्थाहरूले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाए पनि अधिकांश बैंकहरूले कात्तिककै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्।

images
images
images

साधारण मुद्दती निक्षेपमा बैंकहरूले आवधिका आधारमा न्युनतम ३.२५ प्रतिशतदेखि अधिकतम ६.७९ प्रतिशत ब्याजदर तोकेका छन्। 

images

बचतको ब्याजदर न्युन बिन्दुतर्फ आएकाले बैंकहरूले बचतको ब्याजदर घटाउनेभन्दा स्थिर बनाउनेतर्फ अगाडि बढेका छन्। अब थप ब्याजदर घटाउँदा बचत निरुत्साहित हुने भन्दै बैंकहरूले बचतको ब्याजदर घटाउनेक्रममा ब्रक लगाउन थालेका छन्। 

images
images
images

गत आर्थिक वर्षको कात्तिक महिनायता बैंकहरूले निरन्तररुपमा निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन्। जसले गर्दा बैंकहरूको औषत निक्षेपको ब्याजदर करिब ५.५३ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.५८ प्रतिशतसम्म आइसकेको छ। कात्तिक महिनाबाटै कतिपय बैंकहरूले घरकर्जा ७.३६ प्रतिशत र अटोकर्जा करिब ८.५० प्रतिशत ब्याजदरमा दिइरहेका छन्। 

भदौ, असोज र कात्तिकमा निरन्तररुपमा ब्याजदर घटेकाले मंसिर महिनामा बैंकहरूले थप कर्जाको ब्याजदर घटाउने देखिएको छ। मंसिरमा पनि ब्याजदर घटाउने नबिल, ग्लोबल आइएमईलगायतका बैंहरूको पुसमा पनि कर्जाको ब्याजदर घट्ने देखिएको छ। नबिल, ग्लोबल आइएमईलगायतका बैंकहरूले मंसिरका लागि लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले ब्याजदर घटाएका छन्। 

हिमालयन बैंकले कात्तिक महिनाकै ब्याजदरलाई मंसिर महिनामा पनि निरन्तरता दिएको छ। बैंकले मंसिरमा पनि ३ महिनासम्मका लागि ३.२५ प्रतिशत र १ वर्षसम्मको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। कुमारी बैंकले पनि कात्तिकको ब्याजदर नै मंसिरमा पनि निरन्तरता दिने भएको छ।

यस बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर अधिकतम ५.७१ प्रतिशत  र ५.९१ प्रतिशत तोकेको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने भन्दै बैंकले मोबाइल बैंकिङमार्फत मुद्दती निक्षेप जम्मा गर्ने निक्षेपकर्तालाई बैंकले बढी ब्याज दिँदै आएको छ।

एनआईसी एसिया बैंकले पनि कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ। यस बैंकले मंसिरमा ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ३.५० प्रतिशत, ३ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ४ प्रतिशत, २ वर्षसम्मको मुद्दती निक्षेपमा ४.१५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.७९ प्रतिशत ब्याज दिने भएको छ।

ग्लोबल आइएमई बैंकले ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएको छ। कात्तिकमा यस्तो मुद्दती निक्षेपमा बैंकले कात्तिकमा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा मंसिरबाट ४.५० प्रतिशत मात्रै ब्याजदर दिने भएको छ।

यस्तै यस बैंकले १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५० प्रतिशतबाट घटाएर ५ प्रतिशत र २  वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२५ प्रतिशतबानट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। 

प्रभु बैंकले पनि कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा निरन्तरता दिएको छ। यस बैंकले साधारण मुद्दती बचततर्फ १ वर्ष अवधिको मुद्दतीमा ५.१ प्रतिशत, १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशत ५ वर्षभन्दा बढी अवधिको मुद्दती बचतमा ६.१० प्रतिशत ब्याजदर मंसिरमा पनि दिने भएको हो। 

नेपाल बैंक लिमिटेडले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै मंसिरमा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अवधिका आधारमा ४.५५ प्रतिशतदेखि अधिकतम ५.९५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ।  

नबिल बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ देखि १ वर्ष र १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती बचतमा ५ र ५.२५ प्रतिशत ब्याजदरलाई मंसिरमा स्थिरता दिएपनि २ देखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.७५ प्रतिशतबाट घटाएर ५.५० प्रतिशत र ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर दिएको यस बैंकले मंसिरमा ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नेपाल एसविआई बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक लगायतका बैंकहरूले मंसिरमा पनि कात्तिकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन।

यस्तै माछापुच्छ्रे, स्टाण्डर्ड चार्टर्ड सिदार्थ, एनमएबि लगायतका बैंकहरूले भने लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। मंसिरका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८१०९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend