बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

कर्णाली राजमार्गले कालीकोटका बजारमा व्यापार व्यवसायमा वृद्धि

images
बिहीबार , कात्तिक २९ २०८१
images
images
कर्णाली राजमार्गले कालीकोटका बजारमा व्यापार व्यवसायमा वृद्धि

नरहरिनाथ गाउँपालिका-८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ।

images
images

कालीकोट- कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ।

images
images

राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरुको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो।

images
images

नरहरिनाथ गाउँपालिका-८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ। खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नं ९ अध्यक्ष प्रदीप बोहराले बताए। उनले भने, 'यसअघि जितेगडा र लालिघाटबाट सञ्चालन हुँदै आएका सवारीसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन्।'

images
images

राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिकरुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए।

कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन्। विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो। तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका-६ भात्तडिका किसान नरप्रसाद बरालले बताए।

हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको सङ्ख्या बढेको गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८११५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend