बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा १३ अंकको वृद्धि, १५९ कम्पनीको सेयर मूल्य बढ्दा १० अर्बको कारोबार

बिहीबार , कात्तिक २९ २०८१
सेयर बजारमा १३ अंकको वृद्धि, १५९ कम्पनीको सेयर मूल्य बढ्दा १० अर्बको कारोबार

अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ।

काठमाडौं- यो साता सुरुको दुई कारोबारमा लगातार बढेर मंगलबार र बुधबार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पुन: बढेको छ। बिहीबार १३ अंकको वृद्धिसँगै बजार बन्द भएको हो।

बिहीबार १३.९५ अंकले बढेर बजार २७४८.७८ बिन्दुमा पुग्दा १० अर्ब ३२ करोड तीन लाख ३१ हजार रूपैयाँको कारोबार भएको छ। एक सय ५९ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

यो साता पहिलो दुई दिनको कारोबारमा ८४.६८ अंकले बढेको बजार त्यसपछिका दुई कारोबारमा २५.३६ अंकले घटेको थियो।

आइतबार ६२.५४ अंकले बढेको सेयर बजार दोस्रो कारोबारमा सोमबार २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको थियो भने मंगलबार ११.२४ अंकले घटेको बजार बुधबार १४.१२ अंकले घटेर बजार २७३४.८३ बिन्दुमा आइपुगेको थियो।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।

अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ। निरन्तर उचाइतर्फ बढ्दा कुनै दिन करेक्सन देखिए पनि बजारले अब वृद्धितर्फ नै साथ पाउने विश्लेषकहरूको भनाइ छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend