बिहीबार , मंसिर २७ गते २०८१    
images
images

जलवायु परिवर्तनको सामना गर्न सबैको साझा प्रयास आवश्यक छ : राष्ट्रपति पौडेल

images
बुधबार, कात्तिक २८ २०८१
images
images
जलवायु परिवर्तनको सामना गर्न सबैको साझा प्रयास आवश्यक छ : राष्ट्रपति पौडेल

कोप-२९मा राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको उल्लेख गरे।

images
images

बाकु- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन्।

images
images
images

यही कात्तिक २६ गतेदेखि यहाँ सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन कोप-२९ अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

images

राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गरेको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा जलावायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरुलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधन गर्न सहज हुने धारणा व्यक्त गरे।

images

पछिल्ला दिनमा नेपालले भोगेका जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको भन्दै राष्ट्रपति पौडेलले तीन महिनाअघि विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामेगाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य रहेको उल्लेख गरे।

'त्यस्तैगरी, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र पाँच सयभन्दा बढी मानिसले ज्यान गुमाउन पुगे भने खर्बभन्दा बढीको हानि-नोक्सानी भएको छ। यस प्रकारको हानि-नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबानलाई हेर्दा पनि हुन्छ, र गत जुलाईमा क्यारिबियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुन्छ। भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने हामी नेपालीको विश्वास पनि हो', उनले भने।

राष्ट्रपति पौडेलले पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न अनुरोध गरे।

'मुख्यगरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढी सहयोग गर्नुपर्ने हुन्छ, बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुनेछ भन्ने मेरो विश्वास छ', उनले भने, 'जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले हानि-नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समिष्टिगत सङ्ख्यात्मक लक्ष्यमा हानि-नोक्सानी समेत समेट्न म विशेष आह्वान गर्दछु।' रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend