शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

जापानबाट डिपोर्ट प्रकरण : नक्कली सरकारी कागजात बनाइदिएको आरोपमा बागबजारबाट दुईजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २८ २०८१
images
images
जापानबाट डिपोर्ट प्रकरण : नक्कली सरकारी कागजात बनाइदिएको आरोपमा बागबजारबाट दुईजना पक्राउ

उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

images
images

काठमाडौं- झुटा कागपत्र पेश गरेर जापान पठाउन नक्कली कागजात बनाइदिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

images
images

पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्।

images
images

'जापानबाट डिपोर्ट भएकाहरूको नक्कली कागजात बनाउने कार्यमा संलग्न भएको अभियोगमा थप दुई जनालाई बागबजारबाट पक्राउ गरेका छौँ' उनले भने।

images
images

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या नौ जना रहेको प्रहरीले जनाएको छ।

उक्त प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। 

मंगलबार पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका-२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend