आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २८ २०८१
images
बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए। उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

images
images

काभ्रेपलाञ्चोक- बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ। 

images
images
images

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले १ करोड ४५ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए।

images
images

हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

images
images

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए। उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend