बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत सेयर पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
images
images
फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत सेयर पाउने
images
images

काठमाडौं- कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मंगलबार उक्त घोषणा गरेको हो।

images
images

रास्कोट नगरपालिका-९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए।

images
images

'माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ', उनले भने, 'करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ। एउटा रुख बराबर १० रुख रोपण गरिने छ।'

images
images

आयोजना निर्माण गर्न ९२ अर्ब रुपैयाँ खर्च हुने आयोजनाका विज्ञ शिवशंकर कार्कीले जानकारी दिए। सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ। 'आयोजनाबारे अध्ययनको काम सकिएको छैन', उनले भने। आवास निर्माणको काम भने थालिएको छ।

जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ। बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ। आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन्।

आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए।


प्रकाशित : बुधबार, माघ ५ २०७८०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend