सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

बागमती सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका १६ सय पीडितले मागे सात अर्ब बचत

images
मंगलबार, कात्तिक २७ २०८१
images
images
बागमती सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका १६ सय पीडितले मागे सात अर्ब बचत

सोमबार एक हजार ६ सय पीडितले सात अर्ब रूपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६ सय पीडितले करिब सात अर्ब रूपैयाँ बचत माग गरेका छन्।

images
images
images

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो। सोमबार एक हजार ६ सय पीडितले सात अर्ब रूपैयाँ दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए।

images

सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो।

images
images
images

सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो। समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन्। बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ।

सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन्। तामाङले सहकारीबाट सात अर्ब रूपैयाँ ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए। समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ।

बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend