आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

images
सोमबार, कात्तिक २६ २०८१
images
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

भरतपुरको वडा नं ११, २, ३ र ४ भइ बग्ने खोलाको लम्बाई ६ दशमलव ६५ किलोमिटर रहेको छ। आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ। भरतपुरको मध्य भाग हुँदै बग्ने पुङ्गी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो।

images
images
images

महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्यकरण कार्य गर्दै आइरहेको छ। भरतपुरको वडा नं ११, २, ३ र ४ भइ बग्ने खोलाको लम्बाई ६ दशमलव ६५ किलोमिटर रहेको छ। खोलाको दायाँबायाँ वृक्षरोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ।

images
images

आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ।

images
images

महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि १० करोड ८० लाख रूपैयाँको ठेक्का लगाइसकेको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए। यसअन्तर्गत एक दशमलव पाँच किमीमा सौन्दर्यकरणको काम हुनेछ। यसअघि वडा नं ४ मा पर्ने पुङ्गी खोलाको दोभानबाट करिब पाँच सय मिटरको काम सम्पन्न भइसकेको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताइन्। पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट समेत ६ करोड ६५ लाख रूपैयाँ बजेट छुट्याइएको छ।

वर्षाको समयमा काम गर्न असहज हुने भएकाले हिउँदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको प्रमुख दाहालले जानकारी दिइन्। उनले अबको तीन वर्षभित्र खोलाको मुहानसम्म सौन्दर्यकरणका काम हुने बताइन्।

बढ्दो सहरीकरणले भरतपुरमा वर्षाको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुङ्गी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको दाहालको भनाइ छ। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend