आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

images
सोमबार, कात्तिक २६ २०८१
images
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेल र महासचिव एन्टेनियो गुटेरेसबीचको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुराकानी भएको छ।

images
images

बाकु- राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ।

images
images
images

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भेट भएको हो।

images
images

भेटमा उनीहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको छ। 'जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो। हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ', कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

images
images

महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए।

आजबाट सुरु भएको कोप-२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगेका हुन्। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend