शनिबार, साउन १२ गते २०८१    
images
images
images

न्यौपानेले नेतृत्व सम्हालेपछि फेरिएको उदयपुर सिमेन्टको मुहार 

images
मंगलबार, माघ ४ २०७८
images
images
न्यौपानेले नेतृत्व सम्हालेपछि फेरिएको उदयपुर सिमेन्टको मुहार 

उदयपुरले राजस्व तथा महशुल वापत २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ भुक्तानी गरिसकेको छ। 

images

काठमाडौं- एक वर्षमा उदयपुर सिमेन्टले १ लाख ४ हजार १८५ मेट्रिक टन क्लिंकर उत्पादन गरेको छ। त्यस्तै उद्यागले १९ लाख ६९ हजार ३८३ बोरा सिमेन्ट उत्पादन गर्न सफल भएको हो। सिमेन्ट बिक्रीबाट १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ।

images
images

सिमेन्ट उत्पादन र आम्दानी बढ्नुमा उद्योगको व्यवस्थापकीय टिमको मूलो भूमिका रहेको छ। यसमा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा एक वर्षअघि गोपिकृष्ण न्यौपानेले महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। एक वर्ष पूरा भएको अवसरमा न्यौपानेले यस अवधिमा भएका उपलब्धी सार्वजनिक गरेका हुन्। 

images

‘गत वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका दरले उत्पादन भइरहेकोमा पछिल्लो १ वर्षमा उत्पादन बढेर प्रतिघण्टा ४३ मेट्रिक टनका दरले भइरहेको छ,’ न्यौपानेले भने, ‘यसबाट उत्पादन बढ्नुका साथै विद्युत् खतपमा पनि मितव्ययिता अपनाइएकाले सकारात्मक परिणम आएको हो।’ 

उनका अनुसार यस आर्थिक वर्षमा उल्लिखित बिक्रीबाट मूल्य अभिवृद्धिकर वापत ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ, अन्तःशुल्क वापत ९९ लाख ३८ हजार ८ सय ९६ रुपैयाँ, टीडीएस तथा अन्य कर वापत ८२ लाख ६९ हजार ३ सय २८ रुपैयाँ कर तिरेको हो। त्यस्तै उद्योगले विद्युत महशुल वापत १३ करोड २४ लाख ६ हजार ५४ रुपैयाँ गरी बुझाएको हो। उदयपुरले राजस्व तथा महशुल वापत २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ भुक्तानी गरिसकेको छ। 

images

साथै कच्चा पदार्थ पिस्ने मिलमा लगाइएको तीन वटा रोलरमध्ये एउटा विगत केही वर्षदेखि बिग्रिएर सञ्चालनमा नआएको करण मिलको उत्पादन कम भई रहेको थियो। तर यस वर्ष उक्त बिग्रिएको रोलर मर्मत तथा रमिलमा जापानबाट सेलोनाइड भल्व आयात गरी फेरे पश्चात रमिल उत्पादनमा उल्लेख्य प्रगति विद्युत खपतमा समेत मितव्ययिता भएको उद्योगले जनाएको छ। 

हाल जीवीएफ फ्यानमा नयाँ मोटर जडान गरी सञ्चालन गरिएको छ। एसपी फ्यानका लागि एक थान मोटर २ करोड रुपैयाँ खरिद गरी स्टकमा राखिएको छ। तीन वर्ष अवधि यो मोटरमा समस्या आउँदा लामो समय उद्योग बन्द गर्नु परेको थियो।

२०७७ साल माघ महिनामा कमिटी गठन गरी पुस मसान्तसम्मको स्टक मौज्दातको भौतिक परीक्षण गर्दा क्लिंकरको परिमाणमा लेखामा रहेको स्टक परिमाण र वास्तविक भौतिक परीक्षणको क्रममा रहेको वास्तविक परिमाणमा ३७,६४० मेट्रिक टन कम देखिएको छ। यसको सम्बन्धमा तथ्य छानबिन गर्न सञ्चालक समितिमा पेस भइ सञ्चालक स्तरीय एक कमिटी गठन भइ छानबिनको क्रममा रहेको छ।

साथै, लामो समयदेखि वक्यौता रहेको विद्युत महसुल डेडिकेटेड फिडर बापत बढी तिरेको महसुलसंग मिलान गरिदिन पहल गरी पत्राचार भएको र २०७७ साल चैत महिनादेखि नियमित भुक्तानी गरिएको न्यौपानेको भनाइ छ।

गत वर्षको पुस मसान्तसम्म ६५ करोड ८२ लाख दायित्त्वमध्ये विद्युत महशुल १८ करोड ५२ लाख रुपैयाँ बाहेक अन्य भुक्तानी नियमित गर्दै ३१ करोड ११ लाख भुक्तानी भइसकेको उनको भनाइ छ। यसमा लगभग १३ करोड राजस्व बक्यौता रहेकोमा ४ करोड समेत भुक्तानी भइसकेको उनले बताए।

उद्योगको आर्थिक वर्ष २०६३/६४ देखि २०७६/७७ सम्म १४ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरि २०४४/४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ सेयरधनी लगत, प्रबन्ध पत्र नियमावलीमा संशोधन, पुँजी वृद्धि गरी अधिकृत पूँजी १० अर्ब कायम गर्ने कार्य सकिएको उद्योगले जनाएको छ। 


प्रकाशित : मंगलबार, माघ ४ २०७८१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend