शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामूलक प्रभातफेरी

images
सोमबार, कात्तिक २६ २०८१
images
images
वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरतामूलक प्रभातफेरी

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापीरुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सोमबार वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

images
images

कर्जा, बचत तथा बैंकिङ सेवासुविधाजस्ता विषयसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। बैंकको कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो।

images
images

यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्‍याउने बैंकले विश्वास लिएको छ। उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।

images
images

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापीरुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दैछ।


प्रकाशित : सोमबार, कात्तिक २६ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend