मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

images
सोमबार, कात्तिक २६ २०८१
images
सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

गर्मीयामका बेलामा एक लाख रूपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा पनि राम्रै आम्दानी हुने उनको भनाइ छ।

images
images

इनरुवा- सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन्। ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ।

images
images
images

उनको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ। उनले भने, 'ठेला राम्रो छैन तर ग्राहक सातु खाएर सन्तुष्ट छन्। सातु बिक्री गरेर मासिकरुपमा ५० हजार रूपैयाँ आम्दानी हुन्छ।' 

images
images

गर्मीयामका बेलामा एक लाख रूपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा पनि राम्रै आम्दानी हुने उनको भनाइ छ। चिसोका बेलामा दैनिकरुपमा एक सयदेखि एकसय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुईसय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए।

images
images

उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन्। उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए।

दैनिक रुपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको ४० रूपैयाँ लिने गरेको उनको भनाइ छ। दैनिकरुपमा चार हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रुपमा ५० हजारदेखि ६० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताए।

सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए। आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनले बताए।

एक लाखदेखि दुई लाख रूपैयाँ खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार रूपैयाँ आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिकरुपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए। उनले भने, 'स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन।' रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend