शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुबैको नजर मेगा बैंक तिर, सम्भव होला मर्ज ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
images
मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुबैको नजर मेगा बैंक तिर, सम्भव होला मर्ज ?

मेगा बैंकको मंगलबार दोस्रो बजारमा ३१०.५० पैसामा कारोबार भएको थियो। मंगलबार ३ लाख ४ हजार ७ सय २१ कित्ता कारोबार भएको थियो।

images
images

काठमाडौं- मर्जर भाँडिएको हिमालयन र इन्भेष्टमेन्ट बैंकले धमाधाम अर्को जोडि खोजिरहेका छन्। गत पुस ३० गतेको हिमालयन बैंकको साधारणसभाबाट मर्जर भाँडिएपछि दुबैले मर्जरका लागि नयाँ बैंकहरु खोजिरहेका छन्। पछिल्लो समय दुबै बैंकले विभिन्न बैंकहरु मर्जका लागि अनौपचारिक प्रस्तावहरु पठाएका छन्। 

images
images
images

पछिल्लो समय हिमालयन र इन्भेष्टमेन्ट दुबै बैंकले मेगा बैंकलाई प्रस्ताव गरेका छन्। मेगा बैंक पनि सम्मानजनक मर्जरको पक्षमा रहेका छ। सोही कारण पनि मेगाले दुई बैंकले गरेको प्रस्तावमध्ये कुनसँग स्वीकार गर्छ भन्नेमा चासो देखिएको छ। 

images
images

मेगा बैंकले दुबै बैंकसँग स्वाप रेसियोमा अनौपचारिक प्रस्ताव मागेको बुझिएको छ। मेगा बैंकको व्यवस्थापनलाई खासगरी १०० र ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा मर्जरमा नजान लगानीकर्ताको दबाब रहेको छ। 

images
images

सोही कारण पनि मर्जको लागि हिमालयन र इन्भेष्टमेन्ट बैंकले सो स्वाप रेसिया स्विकार गर्न सक्छन् वा सक्दैनन् भन्ने विषयमा यतिबेला छलफलहरु केन्द्रित भएको बुझिएको छ। हिमालयन र इन्भेष्टमेन्ट बैंकहरुले अन्य बैंकसँग पनि छलफल गरिरहेका छन्। तर दुबै बैंकको आँखा भने मेगा बैंकमा रहेको छ।

आक्रामक व्यापार विस्तारमा मेगा बैंक 

मेगा बैंकको मंगलबार दोस्रो बजारमा ३१०.५० पैसामा कारोबार भएको थियो। मंगलबार ३ लाख ४ हजार ७ सय २१ कित्ता कारोबार भएको थियो।

पछिल्लो ५२ हप्तामा अधिकतम ४०५ र न्युनतम २५१.२१ रुपैयाँमा कारोबार भएको थियो। मेगा बैंकले गत वर्षको नाफाबाट सेयर १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद गरी १२.०७ प्रतिशत लाभांश दिएको छ। मेघाले विगतमा टुरिजम डेभलवमेन्ट बैंक गाभेको थियो।

मेगा बैंकले ५ महिनामा १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले पहिलो तीन महिनामा ९१ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो। दोस्रो त्रैमासको रिपोर्ट ल्याउने तयारी गरेको बैंकको पहिलो तीन महिनामा प्रति सेयर आम्दानी २४.९७ रुपैयाँ रहेको छ।

यता मर्जको प्रस्ताव गर्ने हिमायनको पाँच महिनामा ५६ करोड रुपैयाँ मात्रै नाफा गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। मेगाको देशभर २०३ शाखाहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : बुधबार, माघ ५ २०७८०१:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend