शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

जहाज चढ्ने नेपालीको संख्याबाट उत्साहित एयरलाइन्स, यो वर्ष ८ जहाज थपिँदै 

images
images
जहाज चढ्ने नेपालीको संख्याबाट उत्साहित एयरलाइन्स, यो वर्ष ८ जहाज थपिँदै 

एकातिर यात्रुको संख्या बढीरहेको र अर्कोतिर जहाज पनि सस्तो भएकाले एयरलाइन्सहरू जहाज थप गर्ने कुरामा हौसिएका छन्।

images
images

काठमाडौं- सन् २०२१ मा यात्रुको संख्यामा उच्च वृद्धि भएपछि आन्तरिक उडान गर्ने एयरलाइन्सहरु हौसिएका छन्। देशभित्रै जहाजबाट यात्रा गर्ने यात्रुको संख्यामा उच्च वृद्धि भएपछि एयरलाइन्सहरूले उडान गन्तव्य विस्तार, जहाजको संख्या थप गर्ने महात्वाकांक्षी योजना अघि सारेका छन्। 

images
images
images

सन् २०२१ मा हालसम्मकै धेरै ३५ लाख ४१ हजार ८८८ जनाले देशभित्रै हवाइ यात्रा गरेका थिए। कोरोना महामारीकै बीचमा पनि एयरलाइन्सहरूले प्रसस्त यात्रु पाएपछि ठूला एयरलाइन्सले जहाज थप गर्ने योजना सार्वजनिक गरेका छन्। 

images

सन् २०२१ मा करिब २ महिना उडान बन्द भएर पनि यात्रु संख्या उत्साहजनक देखिएपछि ठूला एयरलाइन्सले अर्बौँ लगानी गर्ने छन्।  हवाइ इन्धनको मूल्य घट्नु, सडकको अवस्था खराब हुँदा यात्रु संख्या बढेपनि अब जहाज चढ्ने नेपालीको संख्या बढ्दै गएको एयरलाइन्सहरूको बुझाइ छ। 

images

सन् २०२१ को यात्रु संख्याबाट हौसिएका  केही एयरलाइन्सले जहाज संख्या थप गर्ने भएका छन्। यसमा बुद्ध, यति र श्री एयरलाइन्सले सन् २०२२ मा ठूलो संख्यामा जहाज थप गर्ने योजना उनीहरूको छ। 

images
images

आन्तरिक उडानमा ८० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगट्ने यी तीन एयरलाइन्सले यो वर्ष १० जहाज खरिद गर्ने योजना अघि सारेका छन्।  अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टको प्रभाव लामो समयसम्म रहेन भने यी एयरलाइन्सले योजना अनुसार नै जहाज थप गर्ने योजना बनाएका छन्। 

आन्तरिक उडानको सबैभन्दा ठूलो बुद्ध एयरले यो वर्ष चारवटा एटीआर-७२ जहाज खरिद गर्ने योजना बनाएको छ। जस्तोसुकै अवस्थामा पनि दुईवटा जहाज खरिद गर्ने र समय अनुकूल रहे थप दुई जहाज खरिद गर्ने बुद्धको योजना छ। 

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर-७२  ११ वटा,  १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर-४२ जहाज छन्। 

बुद्धले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, तुम्लिङटार राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढी उडान गर्दै आएको छ। त्यस्तै क्षेत्रीय रुपमा विराटनगरबाट तुम्लिङटार उडान गरिरहेको बुद्धले पोखराबाट भरतपुर, भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। बुद्धले कूल काठमाडौं बाहेक १२ गन्तव्यमा उडान गरिरहेको छ। भारतको वणारासी र माउन्टेन उडान पनि बुद्धले सञ्चालन गरिरहेको छ। 

बुद्धले सन् २०२३ सम्म ६ वटा जहाज खरिद गर्ने योजना अनुसार यही वर्ष सकेसम्म चारवटा जहाज खरिद गर्ने योजना बनाएको छ। 

बुद्धसँगै यति एयरलाइन्सले पनि यही वर्ष चारवटा जहाज खरिद गर्ने व्यावसायिक योजना बनाएको छ। जेटस्ट्रिम जहाज उडानबाट हटाएर एटीआरमात्र राखेको यतिले अब  भने एटीआरमात्र खरिद गर्ने छ। यही वर्ष सकेसम्म चारवटा एटीआर जहाज थप गर्ने यतीको योजना छ। यतीको योजना पनि बुद्धको जस्तै छ सके चार नभए कम्तिमा एउटा एटीआर-४२ र  एउटा एटीआर-७२ जहाज खरिद गर्ने यतीको योजना छ। 

जेटस्ट्रिम जहाज हटाएपछि यतीसँग हाल पाँचवटा एटीआर-७२ जहाज पाँचवटा छन्। पाँचवटा जहाजबाट यतीले हाल काठमाडौंबाट पर्वतीय उडान, नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगर, भद्रपुर, सिमरा र जनकपुरमा उडान गरिरहेको छ। आन्तरिक उडानको दोस्रो ठूलो एयरलाइन्स यतिले पाँचबाट दशवटा जहाज बनाउने योजना यसअघि नै सार्वजनिक गरेको थियो। 

नेपालको आन्तरिक उडानको तेस्रो ठूलो एयरलाइन्स श्री एयरलाइन्सले यो वर्ष कम्तिमा एउटा जहाज खरिद गर्ने भएको छ। बम्मार्डियरका जेट र टर्बोपपबाट उडान गरिरहेको श्रीसँग हाल सातवटा जहाज छन्। जसमा चारवटा जेट इन्जिनका जहाज छन् भने तीनवटा टर्बोपप जहाज छन्। श्रीले यो वर्ष एउटा ८० सिट क्षमताको क्यू-४०० जहाज थप गर्ने योजना बनाएको छ। 

काठमाडौंबाट भद्रपुर, विरानगर, जनकुपर,सिमरा,भैरहवा, नेपालगञ्ज र धनगढी उडान गरिरहेको छ। 

यो वर्ष जहाज थप गर्ने अर्को एयरलाइन्स हुने छ सीता। हालसम्म नेपालका छोटो धावनमार्ग भएका विमानस्थललाई गन्तव्य बनाएर उडान गरिरहेको सीताले यही वर्षदेखि सुगम क्षेत्रमा पनि उडान गर्ने योजना बनाएको छ। दुई वर्षअघिदेखि नै एटीआर-७२ जहाज ल्याएर सुगममा उडान गर्ने योजना बनाएको सीताले यो वर्ष सफल हुने विश्वास व्यक्त गरेको छ। 

सीताले यो वर्ष कम्तिमा दुईवटा एटीआर-७२ जहाज ल्याउने छ। उसको व्यापारिक योजनामा चारवटा जहाज खरिद गर्ने उल्लेख छ। यद्यपि पहिलो चारणमा दुईवटा जहाज ल्याउने छ। सीताले हाल काठमाडौंबाट लुक्ला, नेपालगञ्जबाट कर्णाली उडान गरिरहेको छ।

यी सबै एयरलाइन्सको न्यूनतम लक्ष्य अनुसार जहाज थपिएपनि कम्तिमा चार अर्ब लगानी हुने छ। जहाज बाहेकमा हुने लगानीको कुरा यो वर्ष ६ अर्ब बढीको लगानी हुने एयरलाइन्स सञ्चालकहरुको भनाइ छ। नियमित उडान गर्ने एयरलाइन्स बाहेक हेलिकप्टरमा हुने लगानी थप हुने छ। 

ओमिक्रोन भेरियन्टको प्रभाव धेरै समय गएन भने पर्यटकीय गतिविधिमा पनि यसले बल पुर्याउने व्यवसायीको भनाइ छ।  

एकातिर यात्रुको संख्या बढीरहेको र अर्कोतिर जहाज पनि सस्तो भएकाले एयरलाइन्सहरू जहाज थप गर्ने कुरामा हौसिएका छन्। कोरोना महामारीका कारण संसारभर जहाजको मूल्य सस्तिएको छ। कोरोना अघिको तुलनामा ५० प्रतिशतसम्म सस्तो भएकाले पनि एयरलाइन्सहरु जहाज थप गर्न हौसिएका छन्। 

 

images

प्रकाशित : बुधबार, माघ ५ २०७८०४:३७

प्रतिक्रिया दिनुहोस