काठमाडौं- वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने धादिङका सञ्जीव गुरुङ पक्राउ परेका छन्।
गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनलाई मनमैजुबाट प्रहरीले पक्राउ गरेको हो
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।