आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ८ लाख ठगी

images
शनिबार, कात्तिक २४ २०८१
images
क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ८ लाख ठगी

हाल भक्तपुर बस्ने सिन्धुपाल्चोक बलेफीका ४३ वर्षीय गोकर्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।

images
images
images

हाल भक्तपुर बस्ने सिन्धुपाल्चोक बलेफीका ४३ वर्षीय गोकर्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो।

images
images

अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएपमार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भइ निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाइदिने भनेर सम्पर्क गराएका थिए। ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाएर ठगी गरेको अभियोगमा गोकर्णलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

images
images

उनीउपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।  


प्रकाशित : शनिबार, कात्तिक २४ २०८११७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend