मंगलबार, चैत १९ गते २०८१    
मंगलबार, चैत १९ २०८१
images
images

'एक्स'को ब्रान्ड भ्यालु निरन्तर किन घट्दै छ?

images
आइतबार, कात्तिक २५ २०८१
images
images
'एक्स'को ब्रान्ड भ्यालु निरन्तर किन घट्दै छ?

वर्तमान विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको पूर्णस्वामित्व खरिद गरेपछि उनले सो सामाजिक सञ्जाल प्लेटफर्मको नाम नै एक्स राखिदिए।

images
images

काठमाडौं- संसारमा इन्टरनेटको विकाससँगै विभिन्न सामाजिक सञ्चाल प्लेटफर्महरुको पनि विकास भइरहेको छ। त्यस्तै मध्येको एक चर्चित सामाजिक सञ्जाल एप थियो ट्वीट। अहिले पनि यो सामाजिक सञ्जाल अस्थित्वमा छ। तर ट्वीटर नाममा होइन ‘एक्स’का नाममा। 

images
images

वर्तमान विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको पूर्णस्वामित्व खरिद गरेपछि उनले सो सामाजिक सञ्जाल प्लेटफर्मको नाम नै एक्स राखिदिए। एक्सलाई मस्कले आफ्नो अनुकुलतामा सञ्चालन गर्दै आएका छन्। 

images
images

ट्वीटरलाई एलन मस्कले २०२२ मा खरिद गरेका हुन्। त्यसयता एक्स नाममा बदलिएको ट्वीटरबारे अहिले पनि संसारभर चर्चाको विषय बनिनै रहेको छ। 

images
images

गएसाता सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा अमेरिकी अर्बपति एलन मस्क डोनाल्ड ट्रम्पको पक्षमा खरो उत्रिएका थिए। उक्त निर्वाचनमा एक्सलाई ‘चरम प्रयोग’ गरेको बारे विश्वभर बहस भइरहेको छ। एनल मस्क चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका संस्थापक तथा सीईओसमेत हुन्। 

२०२२ ट्वीटर किनेर एक्स नामाकरण गरेर सञ्चालन भइरहेको यो प्लेटर्फमको ब्रान्ड भ्यालू भने उल्लेख्य रुपमा गिर्दो छ। ब्रान्ड फाइनान्सको तथ्यांकमा आधारित रहेर भिजुअल क्यापिटालिस्ट छापेको तथ्यांकले एक्सको ब्रान्ड भ्यालु निक्कै घटेको देखाएको छ। 

ब्रान्ड फाइनान्सले रोयल्टी रिलिफ एप्रोचका आधारमा ब्रान्ड भ्यालु गणना गरेर ¥याङकिङ गर्दै आएको छ। ब्रान्ड भ्यालुएसन मेथड आइएसओ १०६६९ मा आधारित उद्योग स्ट्यान्डर्डअनुृसार गरिँदै आएको छ। समग्रमा कम्पनीको मूल्यांकन र ब्रान्ड भ्यालुबाट देखिएको मूल्यांनसँग दुविधामा पर्नुपर्ने आवश्यकता भने छैन। 

२०२२ : एलन मस्कले करिब ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद। 

२०२३ : अफूले खरिद गरेपछि मस्कले ट्वीटरमा कार्यरत ८० प्रतिशत अर्थात करिब ६ हजार कर्मचारी कटौती गरे। जसका कारण उनी विवादमा समेत परे। फचुनका अनुसार यही वरिपरी यो प्लेटर्फमको विज्ञापन आम्दानी समेत उल्लेख्य रुपमा घट्दै गइरहेको थियो। 

२०२४ : मस्कले अमेरिकी राष्ट्रपति चुनावमा एक्समा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर बोल्ने लेख्नेमात्र गरेर एक्सलाई नै चुनाव क्याम्पेनरका रुपमा प्रयोग गरे। उनले एक्समा आप्रवासी तथा विवादित नीतिगत विषय पनि निरन्तर उठाए। 

ब्रान्ड भ्यालुको घट्दो ग्राफ 

ब्रान्ड फाइनान्सका अनुसार २०२२ मा ट्वीटरको ब्रान्ड भ्यालु ५ अर्ब ७० करोड डलर थियो। २०२४ मा आइपुग्दा एक्सको ब्रान्ड भ्यालु ६७ करोड ३३ लाख डलरमा सीमित भएको छ। 

२०२२ : एक्सको ब्रान्ड भ्यालु ५ अर्ब ७० करोड डलर 

२०२३ : एक्सको ब्रान्ड भ्यालु ३ अर्ब ९० करोड डलर 

२०२४ : एक्सको ब्रान्ड भ्यालु ६७ करोड ३३ लाख डलर

ब्रान्ड भ्यालुका साथै एक्सको विज्ञापन आम्दानीमा समेत उल्लेख्य गिरावट आएको छ। फर्चुनका अनुसार २०२२ मा प्रतित्रैमास एक्सको विज्ञापन आम्दानी १ अर्ब डलर थियो। तर २०२३ मा एक्सको प्रतित्रैमास विज्ञापन आम्दानी करिब ६० करोड डलरमा सीमित भएको छ।


प्रकाशित : आइतबार, कात्तिक २५ २०८१०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend