शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

विदेशी एयरलाइन्सले चर्काे हवाई भाडा लिएपछि प्राधिकरण एक्सनमा

एकमुष्टरुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज

images
शनिबार, कात्तिक २४ २०८१
images
images
विदेशी एयरलाइन्सले चर्काे हवाई भाडा लिएपछि प्राधिकरण एक्सनमा

बैठकले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्टरुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणलगायत स्तरोन्नतिको काम थालिएसँगै हवाई भाडामा अनियमितता हुन नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणले सक्रियता बढाएको छ। 

images
images
images

विमानस्थल स्तरोन्नतिका काम शुक्रबारदेखि अघि बढेसँगै दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलव्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालनका विषयमा छलफल भएको छ।

images

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक र अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा शनिबार बसेको बैठकले एकमुष्टरुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ।

images

बैठकले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्टरुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले सबै वायुसेवा सञ्चालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको 'प्राइसिङ' शीर्षकमा उल्लेख भएअनुसार 'उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने' प्रावधानको पूर्णतः पालना गर्नुपर्ने निर्णय पनि गरेको छ।

सबै वायुसेवा सञ्चालकहरुले उडान वृत्त बमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने, ट्राभल एजेन्सीहरुसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ।

तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ। वायुसेवा सञ्चालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने निर्देशन तथा निर्णय पनि भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ।

यी काम पूरा गर्न १५ अर्ब रूपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।

यता त्रिभुवन विमानस्थल विस्तारको काम थालनी भएसँगै मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन्।


प्रकाशित : शनिबार, कात्तिक २४ २०८११४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend