शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

प्रविधियुक्त सहरीकरणका लागि बलियो सहकार्य आवश्यक : उपप्रधानमन्त्री सिंह

images
शनिबार, कात्तिक २४ २०८१
images
images
प्रविधियुक्त सहरीकरणका लागि बलियो सहकार्य आवश्यक : उपप्रधानमन्त्री सिंह

उनले भने, 'सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ। आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने छ।'

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन्।

images
images
images

इजिप्टको कायरोमा सम्पन्न ‘वर्ल्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे।

images

उनले भने, 'सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ। आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने छ।'

images

उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणका क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताए।

'जलवायु परिवर्तनले गर्दा सहरमा अतिवृष्टि हुने, बाढी आउने, हिमालमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ। तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहेको छ। यसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु', उपप्रधानमन्त्री सिंहले भने, 'आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ।'

तथ्य र तथ्यांकमा आधारित योजनामा युएनको निरन्तर सहयोगको प्रतिबद्धता रहेको जनाउँदै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो। वर्ल्ड अर्बान फोरममा नेपालले आफ्ना विषय विश्व मञ्चमा जोडदाररुपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए।

मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागी थिए। रासस


प्रकाशित : शनिबार, कात्तिक २४ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend