आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मध्यपहाडी लोकमार्ग : बागलुङ-पूर्वीरुकुम सडक कालोपत्र नहुँदा समस्या

images
शनिबार, कात्तिक २४ २०८१
images
मध्यपहाडी लोकमार्ग : बागलुङ-पूर्वीरुकुम सडक कालोपत्र नहुँदा समस्या

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो। अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए।

images
images

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-पूर्वी रुकुम सडक अधुरै रहेको छ।

images
images
images

निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका-१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो। 

images
images

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो। अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए। विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो।

images
images

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ। अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ।

म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउँछन्। सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रूपैयाँमा सम्झौता भएको थियो। 

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ। सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ। सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका-१ का पृथमान गुरुङले बताए।

'यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले बस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्', उनले भने।


प्रकाशित : शनिबार, कात्तिक २४ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend