सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

ऊर्जा राज्यमन्त्री तामाङकै कम्पनी कालोसूचीमा

images
शुक्रबार, कात्तिक २३ २०८१
images
images
ऊर्जा राज्यमन्त्री तामाङकै कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री तमाङको कम्पनीलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तमाङ (कान्छाराम तमाङ)को निर्माण कम्पनी नै कालोसूचीमा परेको छ।

images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री तमाङको कम्पनीलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

images
images

कार्यालयले मन्त्री तमाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। सडक डिभिजन, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन तुम्लिङटारको सिफारिसको आधारमा कार्यालयले कालोसूचीमा राखेको हो।

images
images

यही कार्यालयको सिफारिसमा एनबी कन्स्ट्रक्सन प्रालि समेत कालोसूचीमा परेको छ। यसैगरी कन्चनजंघा र विरुवा कन्स्ट्रक्सन प्रालिलाई पनि कार्यालयले २ वर्ष ६ महिनासम्म कालोसूचीमा राख्ने निर्णय गरेको छ।

यसैगरी बीजी निर्माण सेवालाई दुई वर्ष, पुजा कन्स्ट्रक्सन र साह निर्माण सेवालाई पनि साढे एक वर्ष कालोसूचीमा राख्ने निर्णय गरेको छ।

कार्यालयले यसैगरी स्काई लाइन कन्स्ट्रक्सन, शक्ति निर्माण कम्पनी, आरएनजेभी, यूभी इन्जिनियरिङ, नाटेश्वर निर्माण सेवा एन्ड अडर सप्लायर्स, महालक्षमी एण्ड कम्पनी र विर्ता कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गर्दै सूचना प्रकाशन गरेको हो।


प्रकाशित : शुक्रबार, कात्तिक २३ २०८११०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend