आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २३ २०८१
images
टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

दसैँको समयमा पनि उनले ३० भन्दा बढी सर्पको उद्धार गरे। यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उनले बताए।

images
images

घोडाघोडी- जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो- लक्ष्मण उपाध्याय। स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन्। टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्छन्। कैलालीमा मात्र नभइ सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उनले बताए।
 
दसैँ र तिहारमा पनि उनलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो। सबै जना तिहारको टीका लगाइरहँदा उहाँ भने सर्प उद्धार गर्न व्यस्त थिए। भाइटीका लगाउँदै थिएँ, टीकापुर-५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएकाे उनको भनाइ छ। राम्रोसँग भाइटीका लगाउन नपाइ उनले त्यो दिन  विषालु गोमन सर्प र धामन सर्पको उद्धार गरे। 

images
images
images

दसैँको समयमा पनि उनले ३० भन्दा बढी सर्पको उद्धार गरे। यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उनले बताए। उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ। हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उनको भनाइ छ। गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिंगरलगायतको उद्धार गरेको उनले बताए। उद्धार गरिएको धेरैजसो विषालु सर्प छन्।

images
images

विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उनले भने, 'साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले। सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो। दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ। दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ।'

images
images

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आएका छ। उनको एउटै उद्देश्य छ- टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने। उनले भने, 'मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ।' टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आएका छन्।

कसैको पनि कुनै सहयोगबिना आफूले यो काम गरिरहेको बताउँदै उनले भने, 'कसैको सहयोगले मात्र काम गर्नुपर्छ भन्ने हुँदैन, आफ्नो इच्छाले गरिरहेको छु। मैले गरेको कार्यले सर्पको पनि उद्धार भइरहेको छ र मान्छेमा सर्प मार्नु हुँदैन भन्ने चेतना पनि फैलिरहेको छ, यसैमा म सन्तुष्ट छु।'

विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे कक्षा पनि सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ। कक्षामा बसेका कतिपय सर्प उद्धार गर्न सक्ने भइसकेको बताउँदै उनले भने, 'मजस्तै सर्प उद्धार गर्ने र चेतना फैलाउने अरु पनि बनाउन चाहन्छु।' 

उनले गरेको कार्यले समुदायमा परिवर्तन हुँदै गएको छ। उनले भने, 'पहिले सर्प देख्नेबित्तिकै मार्ने गरिन्थ्यो तर अहिले उद्धारका लागि बोलाउँछन्। विभिन्न कार्यमार्फत सर्प उद्धारसँगै चेतना फैलाउन थालेपछि ९० प्रतिशत सर्प मार्ने क्रम घटेको छ।' 

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्याय पेसाले शिक्षक हुन्। उनले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्लिस स्कुलमा अध्यापन गराउँदै आएका छन्। पेसाले शिक्षक भए पनि उनलाई धेरैले उद्धारकर्ताको रूपमा चिन्ने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २३ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend