काठमाडौं- राहदनी विभागले १५ जनाभन्दा बढी कर्मचारी संक्रमित भएसँगै पासपोर्ट जारी गर्ने काम तत्कालका लागि केही कटौति गर्ने भएको छ।
राहदानी विभागका प्रवक्ता शरदराज आरनका अनुसार विभागले अब अत्यावश्यक पासपोर्ट मात्रै जारी गर्ने जानकारी दिए।
अत्यावश्यक पासपोर्ट लिनेहरुले इमेल गरेर विवरण पेस गरेपछि पासपोर्ट पाउने उनको भनाइ छ। तर, जिल्ला प्रशासन कार्यालयबाट जारी हुने पासपोर्टको काम भने नरोकिने उनको भनाइ छ।
विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरेको उनको भनाइ छ।