बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

यी पाँच लघुवित्तको सेयर खरिद गर्नेले पाउने छन् १५ प्रतिशतसम्म बाेनस सेयर, कुनको कति?

शुक्रबार, कात्तिक २३ २०८१
यी पाँच लघुवित्तको सेयर खरिद गर्नेले पाउने छन् १५ प्रतिशतसम्म बाेनस सेयर, कुनको कति?

पाँचवटा कम्पनीहरुले बुक क्लोज गरेका छैनन्। कुनै समय प्रतिकित्ता ३ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य भएका कम्पनीहरु अहिले ७ सयदेखि १८ सय रुपैयाँमै खरिद गर्न पाइन्छ।

काठमाडौ- पाँच ठूला लघुवित्तले लाभांश घोषणा गरेको भएपनि अहिलेसम्म बुक क्लाेजको समय तोकेका छैनन्। साेही कारण पनि उक्त पाँच लघुवित्तको सेयर किन्ने लगानीकर्ताले अझै पनि लाभांश पाउने अवसर छ।

गत आर्थिक वर्षको नाफाबाट नेशनल लघुवित्त, सपोर्ट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेका छन्।

पाँचवटा कम्पनीहरुले बुक क्लोज गरेका छैनन्। कुनै समय प्रतिकित्ता ३ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य भएका कम्पनीहरु अहिले ७ सयदेखि १८ सय रुपैयाँमै खरिद गर्न पाइन्छ।

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले आफ्ना सेयरधनीलाई १४.२५ बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीको दोस्रो बजारमा १४४२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

सपोर्ट लघुवित्तले १३.७७ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश घाेषणा गरेको छ। कम्पनीकाे बुधबार १८४३ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। फरवार्डले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको प्रतिकित्ता १४९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आरएसडीसीले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको पनि प्रतिकित्ता ७३८ रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै फर्स्ट माइक्रोफाइनान्सले पनि ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेको छ। कम्पनीको ७७० रुपैयाँमा प्रतिकित्तामा कारोबार भएको छ। वित्तीय हिसाबले पाँचवटै लघुवित्त सेयर लगानीकर्ताको राेजाइमा पर्दै आएका छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक २३ २०८१०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend