सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सहुलियतपूर्ण ऋणका लागि ११ अर्ब व्याज अनुदान 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
images
सहुलियतपूर्ण ऋणका लागि ११ अर्ब व्याज अनुदान 

हालसम्म कूल २ खर्ब ११ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत भएको छ। यो बीचमा सरकारले ११ अर्ब १५ करोड व्याज अनुदान दिएको छ। 

images
images

काठमाडौं- मंसिरसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने सुविधा १५० जनाले मात्र उपयोग गरेका छन्। 

images
images

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरसम्म जम्मा १५० जनाले शैक्षिक बेरोजगार कर्जा  स्वीकृति पाएका छन्। १५० जनाले ६ करोड ३७ लाख ८८ हजार ऋण स्वीकृति पाएका छन्। 

images
images

सरकारले विभिन्न शीर्षकमा जाने कर्जामा ब्याज अनुदान दिँदै आएको छ। नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार दिइने यस्तो ऋणमा १० शीर्षक छन्। 

images
images
images

मंसिरसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै व्यावसायिक कृषिका लागि ऋण स्वीकृत भएको छ। यो शीर्षकमा १ खर्ब ३३ अर्ब १८ करोड ऋण स्वीकृत भएको छ। 

हालसम्म कूल २ खर्ब ११ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत भएको छ। यो बीचमा सरकारले ११ अर्ब १५ करोड व्याज अनुदान दिएको छ। 

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend