आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि अर्बपति एलन मस्कको सम्पत्ति २१ अर्ब डलरले बढ्यो

images
बिहीबार , कात्तिक २२ २०८१
images
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि अर्बपति एलन मस्कको सम्पत्ति २१ अर्ब डलरले बढ्यो

फोब्र्सको रियल टाइम अर्बपति सूचीका अनुसार मस्कले एकैदिन करिब २१ अर्ब डलर बढाएर उनको कुल सम्पत्ति २ सय ८५ अर्ब ६० करोड डलर पुगेको छ।

images
images

काठमाडौं- अमेरिकी अर्बपति एलन मस्क अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको पक्षमा खुलेरै लागेका थिए। ट्रम्पलाई जिताउन दिलोज्यान दिएर लागि परेका मस्कले अर्बौँ डलर खर्चसमेत गरेका थिए।

images
images
images

बुधबार साँझसम्म अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय निश्चित भइसकेको थियो। उक्त परिणामपछि एलन मस्कको सम्पत्ति एकैदिन २० अर्ब ९० करोड डलरभन्दा बढीले बढेको छ। ट्रम्पको विजयलगत्तै मस्कको सम्पत्ति एकैदिन करिब ८ प्रतिशतले बढेको हो। 

images
images

फोब्र्सको रियल टाइम अर्बपति सूचीका अनुसार मस्कले एकैदिन करिब २१ अर्ब डलर बढाएर उनको कुल सम्पत्ति २ सय ८५ अर्ब ६० करोड डलर पुगेको छ।

images
images

यो सम्पत्ति बढोत्तरीपछि राजनैतिक घटनाक्रमपछि विश्व वित्तीय बजारमा कति र कसरी प्रभाव पर्छ भन्नेसमेत देखाएको इकोनोमिक टाइम्सले लेखेको छ। ट्रम्पको विजय हुने सुनिश्चित भएसँगै लगानीकर्तामा लगानी गर्ने माहोल बनेकाले मस्कको सस्पत्ति बढेको दाबी गरिएको छ।

एलन मस्क विश्वको चर्चित विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकका संस्थापक तथा सीईओ हुन्। त्यस्तै उनी स्पेस एक्सका सीईओ तथा प्रविधिसम्बन्धी अन्य कम्पनीहरुमा पनि लगानी गरेका छन्। टेस्लाको सेयर उल्लेख्य वृद्धि भएकाले मस्कको सम्पत्ति बढेको हो।

राष्ट्रपति निर्वाचनको नतिजा आएसँगै टेस्लाको सेयर मूल्य १४.८ प्रतिशत बढेको थियो। टेस्लाले आफ्नो बजार हिस्सा केही गुमाउँदासमेत टेस्लाको मूल्य बढेको हो। यही दिन अन्य विद्युतीय कार उत्पादक नियो, रिभियन, लुसिडलगायत कम्पनीको सेयर मूल्य भने घटेको थियो। 

अमेरिकी बजारमा विद्युतीय कारतर्फ ४८.९ प्रतिशत बजार हिस्सासहित टेस्ला अग्रस्थानमा रहेको छ। एलन मस्क संसारका सबैभन्दा धनी व्यक्ति पनि हुन्।  


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend