आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

images
बिहीबार , कात्तिक २२ २०८१
images
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पको रुपमा फूल खेती गरेका स्याङ्जाको चापाकोटका किसान तुल्सीराम भण्डारीले यस वर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन्।

images
images

स्याङ्जा- यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख रूपैयाँ आम्दानी गरेका छन्।

images
images
images

स्याङ्जाको चापाकोट नगरपालिका-१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख रूपैयाँ आम्दानी गर्न सफल भएका हुन्।

images
images

उनले दसैँ तथा तिहारका अवधिमा माला एकहजार आठ सय ४५ गोटा र फूल एक हजार तीनसय ७६ केजी बिक्री गरेका हुन्। फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी कुल चार लाख ९१ हजार ६ सय आम्दानी गरेको उनले बताए।

images
images

भण्डारीले फूलका थुंगा प्रतिकेजी दुईसय ५० रूपैयाँदेखि तीनसय र माला प्रतिगोटा एकसय ५० रूपैयाँसम्म बिक्री गरेका हुन्।

यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले बताए। 'माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन सकेनौँ' उनले भने, 'सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौँ।'

बोटमा फूल फुल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले बताए। यहाँ उत्पादन भएको फूलको माग भैरहवाबाट आएकाले केही दिनमै पठाउने तयारी भएको व्यवसायी भण्डारीका छोरा रामचन्द्र भण्डारीले बताए।

पेसाले कृषि प्राविधिक अध्ययन गरेका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आएका छन्।

'फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ', रामचन्द्रले भने, 'अब उत्पादन हुनेमध्येको केही फूलको माग भइआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुनेछ।'

दसैँ तिहारको अवधिमा फूलको व्यापारबाट झण्डै पाँच लाख रूपैयाँ आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ। बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थालेका हुन्।

खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पको रुपमा फूल खेती गरेका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको व्यावसायिक उत्पादन थालेका हुन्।

'विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ', उनले भने, 'पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौँ।'

दसैँ, तिहारलाई लक्षित गरेर दुई हजार बिरुवा सयपत्री फूल रोपेका थिए। स्थानीय जलपादेवी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका भण्डारीले विकल्पकोरुपमा प्रयोग गरेको फूलखेतीमा बाँदरले क्षति नपुर्‍याएकाले आगामी वर्षदेखि अझै ठूलो परिमाणमा फूलको ब्यावसायिक उत्पादन गर्ने तयारीमा रहेका छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend