शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२७ वाणिज्य बैंकहरुले पाँच महिनामा कमाए सवा २८ अर्ब नाफा, ११ बैंकको नाफा अर्ब माथि (कुनको कति सूचीसहित)  

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
२७ वाणिज्य बैंकहरुले पाँच महिनामा कमाए सवा २८ अर्ब नाफा, ११ बैंकको नाफा अर्ब माथि (कुनको कति सूचीसहित)  

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंकले रहेको छ।

images
images

काठमाडौं- साउनदेखि मंसिरसम्मको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको सूचीमा एनआईसी एसिया रहेको छ। एनआईसी एसियाले सबैभन्दा धेरै नाफा कमाउदा सबैभन्दा कम नाफा कमाउनेमा सेन्चुरी कमर्शियल बैंक रहेको छ। २७ बैंक मध्ये ११ बैंकले अर्बमाथि नाफा कमाएको छन्।  

images
images

एनआईसी एसियाले २ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। सबैभन्दा कम नाफा आर्जन गरेको सेन्चुरी कमर्शियल बैंकले ४० करोड २५ लाख रुपैयाँ मात्र  नाफा आर्जन गरेको छ। 

images
images

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंकले रहेको छ। यो बै‌ंकले ५ महिनामा १ अर्ब ९६ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ। सधैँ अग्रस्थानमा रहेको नबिलले १ अर्ब ८९ करोड ४२ लाख खुद नाफा आर्जन गर्दै तेस्राे स्थानमा पुगेको छ।  

चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिर मसान्तसम्म ११ वटा कमर्शियल बैंकले अर्ब माथि खुद नाफा आर्जन गरेका छन्। नाफा आर्जन गर्ने बैंकहरुमा एनआईसी एसिया, ग्लोबल आइएमई, नबिल, राष्ट्रिय वाणिज्य, प्राइम कमर्शियल, प्रभु, एनएमबी, सिद्दार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र नेपाल बैंक रहेका छन्। 

कुनकाे कति ?

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend