काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ५ सय २ ग्राम सुनसहित कैलालीको टीकापुरका २३ वर्षीय एलिस ढकाल पक्राउ परेका छन्।
नागढुंगामा खटिएको प्रहरीले बुधबार बिहान नेपालगञ्जदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३-००१ ख ००९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ढकाललाई सुनसहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका ढकालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।