शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

लगातार उही बिन्दु वरपर स्थिर सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?

images
बुधबार, कात्तिक २१ २०८१
images
images
लगातार उही बिन्दु वरपर स्थिर सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?
images
images

काठमाडौं- तिहारअघि उतारचढावपूर्ण अवस्थामा धरमर गरिरहेको सेयर बजार तिहार बिदापछि पनि अपेक्षा गरेविपरीत कमजोर देखिएको छ। बिदापछिको पहिलो कारोबारमा मंगलबार स्थिर देखिएको बजार बुधबार सामान्य घटेको छ।  

images
images
images

यो साता मंगलबार ०.२१ अंकले घटेको बजार बुधबार १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा झरेको छ। १२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

तिहार बिदाअघिको अन्तिम दिनको कारोबारमा गएको १४ गते बुधबार बजार १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा झरेको थियो।

images
images
images

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। तर कात्तिकमा बजारले त्यसअनुसार साथ पाएको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend