मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

काठमाडौं उपत्यकामा छठको रौनक सुरु, तयारी अन्तिम चरणमा

images
बुधबार, कात्तिक २१ २०८१
images
काठमाडौं उपत्यकामा छठको रौनक सुरु, तयारी अन्तिम चरणमा

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्तीसहित सिंगारिएका छन्। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ।

images
images

काठमाडौं- तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ। काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ।

images
images
images

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिल बत्तीसहित सिंगारिएका छन्। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ।

images
images

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ। उक्त क्षेत्रमा पाँचसय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए। उनले भने, 'हामीले पाँचसय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँचसय ५० वटा स्टल बुक भइसकेका छन्।'

images
images

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले तीन लाख रूपैयाँ उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए।

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ।

कमलपोखरीमा २ सय ६० वटा टेन्ट बनाएको समितिले जनाएको छ। छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend