काठमाडौं- चुनावको मिति तोक्ने कि नतोक्ने भन्ने विषयमा सरकार अलमल परिरहेका बेला सेयर लगानीकर्ता पनि पर्ख र हेरको नीतिमा देखिएका छन्। दुई सातादेखि बढीरहेको बजारमा मंगलबार भने दोहोरो अंकले घटेको छ।
निर्वाचन आयोगले बैशाख दोस्रो साता स्थानिय तहको चुनावको लागि प्रस्ताव गरेको थियो। तीन महिना अगाडि नै मिति तोक्नु पर्ने आयोगले सरकारलाई ताकेता गरेको थियो।
तर सरकार अझै अलमलमा रहेको छ। प्रयाः चुनावी वर्ष सेयर बजार उच्च अंकमा जाने गरेको छ। आगामी बैशाखसम्म स्थानीय चुनाव गर्न सरकारलाई संवैधानिक वाध्यता छ। मिति तयका लागि उच्चस्तरीय राजनैतिक बैठक अह्वान गरिसहेको छ।
मंगलबार सेयर बजार १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा पुगेकाे छ। मंगलबार १ करो ६० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड रुपैयाँको काराेबार भएकाे हाे।
नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको थियो। सोमबार २०.६९ अंकले बढेर २९४७.४३ अंकमा पुगेको छ। सोमबार ७ अर्ब ९० करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो।
साेमबार एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको थियो। पुस मसान्तको दबाब सकिएसँगै सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका थिए। माघमा कारोबारको पहिलो दिन नै सेयर बजारमा उत्साह छाएको थियो।
आइतबार ६९.०० अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको थियो। आइतबार ९ अर्ब ६७ करोड ६३ लाख रूपैयाँको कारोबार भएको थियो। गएको दुई सातामा सेयर बजार ३३३ अंकले बढेको थियो। जसलाई यो साता कारोबारको पहिलो दिन आइतबारको बजारले पनि साथ दिएको थियो।
गएको साता आइतबारदेखि बिहीबारसम्म नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको थियो। त्यसअघिको साता १६७.९७ अंकले बढेको बजार दुई सातामा गरेर ३३३.२५ अंकले बढेको थियो। पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ। त्यसअघि केही समय बजारमा उतारचढाव देखिएको थियो।