मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भुइँकटहर खेतीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै विष्ट

images
बुधबार, कात्तिक २१ २०८१
images
भुइँकटहर खेतीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै विष्ट

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय थिए।

images
images
काठमाडौं- बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय थिए। 
 
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ। तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिहेका छन्। 
 
हाल उनलेएक विघामा भुइँकटहर लगाएका थिए। यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए। वार्षिक एक लाख खर्च खर्च कटाउँदा १४ लाख रुपैयाँसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ। 
 
उनले भने, 'भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ। गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ।'
 
उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न। वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ। 
 
अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उनले सुनाए। उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ। 
 
उनले एउटा विरुवालाई १० देखि २० सम्ममा बिक्री गर्दै आएका छन्। उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार उपलब्ध गराइसकेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २१ २०८१०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend