सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
images
नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

समुद्री सतहबाट ३०० मिटरदेखि चार हजार मिटरसम्मको भूभाग रहेकाले नुवाकोटमा उत्पादनका लागि विविध क्षेत्रको सम्भावना रहेको पहिचान गराउँदै महासङ्घले उद्यमीहरूलाई लगानी बढाउन र उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय क्षेत्रसम्म बजार विस्तार गर्ने तौरतरिकामा सहजीकरण गरिरहेको छ ।

images
images

ककनी- कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँनयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन्। विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश फर्केकाहरू पनि गाउँ ठाउँमै कृषि फार्म र समृद्धिका लागि लगनशील हुन थालेपछि युवापुस्तामा सकारात्मक प्रभाव परेको छ।

images
images

श्रम र लगानी गर्न सक्ने उमेरमा युवाहरू विदेशिँदा स्वदेशमा रोजगारी र उत्पादनका क्षेत्रमा परिरहेको नकारात्मक असर मेट्न नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ नुवाकोटले अभियानकै रूपमा गतिविधि सञ्चालन गरेको छ । नुवाकोटको ९० प्रतिशतभन्दा बढी जमिन समशीतोष्ण हिसाबले कुनै न कुनै उत्पादन र खेतीका लागि उपयुक्त मानिएकाले यहाँको सम्भावनालाई उजिल्याउँदा त्यसको लाभ मुलुकको समृद्धिमा पर्नेछ । समुद्री सतहबाट ३०० मिटरदेखि चार हजार मिटरसम्मको भूभाग रहेकाले नुवाकोटमा उत्पादनका लागि विविध क्षेत्रको सम्भावना रहेको पहिचान गराउँदै महासङ्घले उद्यमीहरूलाई लगानी बढाउन र उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय क्षेत्रसम्म बजार विस्तार गर्ने तौरतरिकामा सहजीकरण गरिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने सामग्रीसमेत वर्षेनी विदेशबाट अर्बाै रुपैयाँ बराबरको निर्यात हुँदा भइरहेको व्यापार घाटा न्यून गर्न स्वदेशमा हुने उत्पादन र बजार विस्तारले प्रत्यक्ष योगदान दिन सक्नेछ ।

images
images

नुवाकोटमा दुग्ध पदार्थ, मिठाई उद्योग, माछापालन, कालिज, बङ्गुरपालन, च्याउ, कफी, चिया उद्योग, हस्तकला उद्योग, फलफूल उद्योग, किबी, एभोकाडो, स्ट्रबेरी, कृषि पर्यटन, अदुवा–बेसार प्रशोधन केन्द्र, सिस्नु रेशा उद्योग, कोल्डस्टोर, अचार, मसला उद्योग, कृषि पर्यटन, शैक्षिक हब, पानी उद्योग, विद्युतीय तथा ऊर्जा क्षेत्र आदि धेरै क्षेत्रमा सम्भावना रहेको छ ।

images
images
images

महासङ्घको पहिलो नुवाकोट भेलाका अवसरमा शनिबार ककनीमा आयोजित प्रशिक्षणमूलक कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले विदेशमा गएर कठिन श्रम गर्न पछि नपर्ने युवा आफ्नो मुलुकमा व्यावसायिक खेतीपाती र काम गर्न हिच्किचाउने प्रवृत्तिले देशको विकास नहुने भएकाले त्यस्तो हीनताबोध त्याग्न आग्रह गरे। 

महासङ्घको भेलाले व्यवसायी कँडेलको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जिल्लाको सबै पालिकाबाट कम्तीमा तीन उद्यमीको प्रतिनिधित्व रहेको कार्यसमितिको उपाध्यक्षमा ललितकुमार लामा, सन्तबहादुर तामाङ, सचिवमा दीपकराज पाण्डे, कोषाध्यक्षमा मञ्जु पोखरेल र उपसचिवमा वसन्त धिताल र रामचन्द्र अधिकारी रहेका छन्। 


प्रकाशित : मंगलबार, माघ ४ २०७८०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend