मंगलबार, माघ १ गते २०८१    
मंगलबार, माघ १ २०८१
images
images

शुक्रबारदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुँदै, कसरी गर्दैछन् एयरलाइन्स कम्पनीहरुले उडानको तयारी?

तत्कालका लागि केही राजस्व गुमेपनि दीर्घकालमा २५ प्रतिशत उडान संख्या बढ्छ : प्राधिकरण

images
मंगलबार, कात्तिक २० २०८१
images
images
शुक्रबारदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुँदै, कसरी गर्दैछन् एयरलाइन्स कम्पनीहरुले उडानको तयारी?

एकैपटकमा विमानस्थल लगातार बन्द नहुने भए पनि काम गर्दै जाँदा प्रतिकूल अवस्था सिर्जना भएको अवस्थामा भने पूर्णरुपमा केही समय विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउनसक्ने समेत प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- कात्तिक २३ गते (शुक्रबार) देखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ। सोहीअनुसार विमानस्थल कार्यालयले उडान तालिका स्वीकृत गरेको छ।

images
images
images

कार्यालयले स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याएको छ। बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटाम’ जारी भएको छ।

images

तत्कालका लागि केही उडान तालिका कटौती भए पनि स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा थपिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन्। 

images
images
images

उडान तालिका कटौती हुँदा प्राधिकरणले तत्कालका लागि केही राजस्व गुमाउँछ तर दीर्घकालमा काठमाडौं विमानस्थलको सेवामा विस्तार हुने र एयरलाइन्स तथा यात्रु सबैलाई सहज हुने अधिकारीको दाबी छ।

महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग र समानान्तर ट्याक्सी वेबीच लिंक रोड निर्माणका लागि विमानस्थल सञ्चालन समय घटाइएको हो। अहिले ल्याण्ड भएका जहाज समानान्तर ट्याक्सी वे नहुँदा रनवे हुँदै एप्रोनसम्म जहाज आउनुपर्ने बाध्यता छ। यो बाध्यता अन्त्यका लागि नै प्राधिकरणले ४ अर्बभन्दा बढी खर्च गरेर सामानान्तर ट्याक्सी वे निर्माण गरिरहेको छ। ट्याक्सी वे र रनवेलाई जोड्न नै विमानस्थल सञ्चालनको समयमा घटाएर काम गर्नुपरेको अधिकारी बताउँछन्।

रनवे र ट्याक्सी वेबीचको कनेक्सन जडानको काम गर्दैगर्दा विमानस्थल आंशिक तथा पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने छ। तर प्राधिकरणले अहिले १० घण्टा विमानस्थल बन्द गरेर काम गर्न लागेको छ। रनवे र ट्याक्सीवे जडान बिन्दु १० वटा जति रहेका छन्। एकैपटकमा विमानस्थल लगातार बन्द नहुने भए पनि काम गर्दै जाँदा प्रतिकूल अवस्था सिर्जना भएको अवस्थामा भने पूर्णरुपमा केही समय विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउनसक्ने समेत प्राधिकरणले जनाएको छ। 

यो काम सम्पन्न भएपछि अहिले भइरहेको उडान संख्या २५ प्रतिशतसम्मले बढ्ने अधिकारी बताउँछन्। ट्याक्सी वे बनेपछि जहाज ट्याक्सी वे हुँदै एप्रोनमा आउँदा रनवे प्रयोग समय बढ्छ। विमानस्थल सञ्चालनको समय घटाउनुपर्ने प्रमुख कारण रनवे र ट्याक्सी वे जोड्ने लिंक मार्ग बनाउन हो।

विमानस्थलमा काम गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार काम गर्नुपर्ने हुँदा सोहीअनुसार नोटाम जारी गर्दै काम गर्न लागिएको अधिकारीको भनाइ छ। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि नभइ त्रिभुवन विमानस्थलको क्षमता विस्तारको लागि यो काम भएको अधिकारीले बताए।

विमानस्थल सञ्चालनको समय घटाउँदा ३० प्रतिशतसम्म उडान कम हुने छ। तर यो पाँच महिनाको लागि मात्रै हो। विमानस्थल बन्दै गरेर काम गर्न हो भने  २ महिनाको काम हो। तर विमानस्थल बन्द नगरी उडान कम गर्दै काम गर्न लागिएको प्राधिकरणको भनाइ छ।

पाँच महिना केही असहजता होला तर यसले दीर्घकालनमा ठूलो अवसर दिनेछ। पर्यटकीय सिजनको केही समयमा मात्रै विमानस्थल उडान समय कम हुने हो। धेरै समय पर्यटकका लागि तथा उडानका लागि अफसिजनमा नै काम गर्न लागेको प्राधिकरणले जनाएको छ। यो समयमा काम नगर्ने हो भने फेरि मनसुनमा काम गर्न नसकिने प्राधिकरणको भनाइ छ।

विमानस्थल सञ्चालनको लागि छोट्याइएको उडान समय जाडो महिनाको रहेको छ। यस समयमा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुने गरेको छ। यसको चुनौती भने वायुसेवा कम्पनीहरु र विमानस्थललाई छ।

विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा नकारात्मक हुन आवश्यक नरहेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोसी बताउँछन्। अहिले पाँच महिना उडान समय केही कम भए पनि यसले दीर्घकालमा वायुसेवा कम्पनीहरुलाई नै सहज हुने उनको तर्क छ। तर हाललाई केही चुनौती भने अवश्य रहेको जोसी बताउँछन्।  

'कतिपय आईएफआर गन्तव्यमा रात्रि उडान भएता पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसैगरी भीएफआर गन्तव्यहरुमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ। अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ। हामीसँग समयमै उडान भर्न पर्याप्त जहाजहरु रहेका छन् । तर पनि कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेका छन् । तसर्थ यात्रुहरु टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक-इन काउण्टरमा रिर्पोटिङका लागि अनुरोध  हामीले गरिरहेका छौँ,' जोसीले भने।

बुद्ध एयरले सबैभन्दा पहिले यात्रुहरुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिर्पोटिङका लागि अनुरोध गरेको छ। एयरले हरेक उडानको १५ मिनेट अगाडिनै चेकिङ काउन्टर बन्द हुने हुँदा सोहीअनुसार यात्रुलाई काउन्टरमा आइपुग्न पर्ने बताएको छ।

खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै हुन्छ। यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने तर भोलिपल्टको उडानमा सिट खाली नभए पनि यात्रुले उडान रद्द भएका टिकटहरुलाई ‘रिफण्ड प्रोसेसिङ’मा हाल्नुपर्ने एयरलाइन्सले जनाएको छ।

अनलाइन टिकेटिङको हकमा त्यहीँबाट रिफण्ड र  यसका लागि ३ देखि ४ दिनको समय लाग्ने बुद्ध एयरले जनाएको छ। त्यसैगरी ट्राभल ऐजन्सीबाट टिकट लिएकाहरुले त्यहीँ सम्पर्क गर्नसमेत एयरले अनुरोध गरेको छ। एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले सेड्युल’ उपलब्ध नहुने बुद्ध एयरले स्पष्ट पारेको छ।

विमानस्थल पूर्वाधार विकास तथा स्तरोन्नति गर्नु आजको आवश्यकता हो र एकपटकको असहजताले दीर्घकालको लागि फाइदा हुनेहुँदा यती एयरले पनि सकारात्मक रुपमा नै लिएको एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

यती एयरले पनि समय कटौती भएसँगै उडान तालिका घटाएको छ। बर्तौलाका अनुसार रद्द उडानको टिकट लिने यात्रुहरुलाई सिट उपलब्ध भएमा भोलिपल्टको उडानमा रिसेड्युल हुन्छ र प्राधिकरणले उडान थपको अनुमति दिए सोहीअनुसार हुन्छ। नत्र यात्रुले टिकट काट्दाको रकम शतप्रतिशत नै फिर्ता पाउने छन्।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend