शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

टेलिकमको पाइपबाट सडकमा पानी, मूल पहिचान गर्न नसक्दा रोकियो मर्मतको काम

images
मंगलबार, कात्तिक २० २०८१
images
टेलिकमको पाइपबाट सडकमा पानी, मूल पहिचान गर्न नसक्दा रोकियो मर्मतको काम

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक-पटक आग्रह गरेको छ।

images
images

चितवन- पूर्व-पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन्। दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ।

images
images
images

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले बिछ्याएको पाइपबाट पानी निस्किएको बताइन्। सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिएको भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनले जानकारी दिइन्।

images
images

उनले भनिन्, 'वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ। नत्र तार हाल्न बिछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला।'

images
images

टेलिकमको पाइपमा कहाँबाट पानी छिर्‍यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिइन्। खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताइन्।

नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनको सडक विस्तार भइरहेको छ। सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ।

कम्पनीका इन्जिनियर सुनिल ढुंगानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए। उनले भने, 'कहाँबाट पानी छिर्‍यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ। सडक डिभिजनलाई भनेका छौँ।'

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक-पटक आग्रह गरेको छ।

महानगर प्रमुख रेनु दाहालले भनिन्, 'हामीले दसैँअघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँ, प्राविधिक कारणले काममा ढिलाइ भएको छ।' रासस


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend