शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

वर्षौँदेखि खानेपानीको अभाव झेलिरहेछन् जुम्लाको रारा गाउँवासी

images
मंगलबार, कात्तिक २० २०८१
images
वर्षौँदेखि खानेपानीको अभाव झेलिरहेछन् जुम्लाको रारा गाउँवासी

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको संकट झन् बढ्ने चिन्ता थपिएको छ। पानीको मूल बिस्तारै सुक्न थालेको छ। मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ।

images
images

जुम्ला- यहाँको तिला गाउँपालिका-१ स्थित रारा गाउँका स्थानीय वर्षौँदेखि काकाकुल छन्। विभिन्न योजना सञ्चालन गरिए पनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन्।

images
images
images

आठ वर्षअघि संघीय खानेपानी कार्यालय जुम्लाबाट तिला-९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिए पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन। स्थानीय सरकार गठन भएपछि ५० लाख रूपैयाँमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन।

images
images

यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो। विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन्। यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ। गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन्। कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दुरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्।

images
images

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको संकट झन् बढ्ने चिन्ता थपिएको छ। पानीको मूल बिस्तारै सुक्न थालेको छ। मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ।

रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ। तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ। गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गरे।

'घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ। उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,' रावतले भने, 'नदीको पानी खेर गइरहेको छ।'

१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो। उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन्। सो आयोजनाका लागि ल्याइएको जीआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका-८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन्।

खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले चार करोडको योजना कार्यान्वयनमा ल्याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग तीन वर्षभित्र खानेपानी गाउँमा पुर्‍याउने गरी सम्झौता भएको छ। पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईँले जानकारी दिए।

गाउँमा तीन वर्षभित्र खानेपानी पुर्‍याउने गरी संघीय सरकारबाट प्राप्त विशेष अनुदानअन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट चार करोड ६९ लाख रूपैयाँमध्ये गतवर्ष ५० लाख र यो वर्ष एक करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो।

उक्त योजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ९५ लाख रूपैयाँ सहयोग गरेको हो। सो योजनामा एक करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।

योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।

तिला-६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ। गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend