शनिबार, असोज ५ गते २०८१    
images
images

बैंकहरुले लगानी गर्न छाडेपछि घरजग्गा कारोबारमा मन्दी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ४ २०७८
images
images
बैंकहरुले लगानी गर्न छाडेपछि घरजग्गा कारोबारमा मन्दी

यस वर्ष चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ। यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा कम राजश्व संकलन गरेका छन्।  

images
images

काठमाडौं- बैंकहरूमा तरलता अभावसँगै घरजग्गा कारोबार समेत सुस्तता आएको छ।  पुसमा घरजग्गा कारोबारमा मन्दी नै आएको छ। अन्तर्राष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेका वेला नेपालमा पनि त्यस्तै देखिएको छ। 

images
images
images

बैंकहरूमा निक्षेप घटेसँगै घरजग्गामा समेत लगानी गर्न छाडेपछि घरजग्गामा मन्दी आएको हो। अत्याधिक कारोबार हुने महिनाको रुपमा पुस  परिचित रहेको थियो। तर चालु वर्षको पुस महिनामा घरजग्गाबाट उठ्ने राजस्वमा ४० करोड रुपैयाँले घटेको छ।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार  मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ७० करोड  ४२ लाख रुपैयाँ मात्रै संकलन भएको हो। पुस महिनामा पुँजीगत लाभकर १ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ। मंसिरमा १ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार रहेको छ। 

गत वर्षको मंसिर/पुसमा भने मासिक ७५ देखि ८० हजार  हाराहारी घरजग्गा किनबेच र करिब १०  अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। धेरै  घरजग्गा कारोबार हुने गरेको हुने पूर्वी इनरुवामा शहर २ हजार मात्रै घरजग्गा किनबेच भएका छन्। गत वर्ष पुस महिनामा ४/५ हजारसम्म घरजग्गा किनबेच हुने गरेको थियो। 

images

उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ। मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुर लगायतका ठाउँमा पनि पुसमा १५/१६ सय मात्रै किनबेच भएको छ। झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजार भन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो ।

यस वर्ष चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ। यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा कम राजश्व संकलन गरेका छन्।  

उपत्यकामा पनि ५० करोड बढी राजस्व संकलन गर्ने लगनखेलको राजस्व ३७ करोडमा झरेको छ।  लगनखेलकै हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले पनि ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ।

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend