बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कर्जाको माग नबढेपछि स्थायी निक्षेप सुविधामा थुप्रियो २ खर्ब ८१ अर्ब तरलता

मंगलबार, कात्तिक २० २०८१
कर्जाको माग नबढेपछि स्थायी निक्षेप सुविधामा थुप्रियो २ खर्ब ८१ अर्ब तरलता

सरकारले लक्ष्य अनुसार विकास निर्माण काम गर्न नसक्दा र राष्ट्र बैंकले गरेका केही नीतिगत सुधारका कारण निजी क्षेत्र प्रभावित भएकाले कर्जाको माग नबढेको हो।

काठमाडौं- निक्षेप संकलनको तुलनामा कर्जाको माग नबढ‍ेपछि स्थायी निक्षेप सुविधामा बैंकहरूले २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप राखेका छन्। बैंकहरूले ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकको स्थायी निक्षेप सुविधामा निक्षेप जम्मा गरेका हुन्। 

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ७ खर्ब ६७ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ६६ अर्ब २१ करोड रहेको छ भने कुल कर्जा प्रवाह ५२ अर्ब ८० अर्ब कायम भएको छ। बैंकहरूको औषत कर्जा निक्षेप अनुपात(सीडी) ७४.४१ प्रतिशत कायम भएको छ। 

अर्थतन्त्रले गति लिन नसक्दा पछिल्लो दुई वर्षयता बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएको छ। सरकारले लक्ष्य अनुसार विकास निर्माण काम गर्न नसक्दा र राष्ट्र बैंकले गरेका केही नीतिगत सुधारका कारण निजी क्षेत्र प्रभावित भएकाले कर्जाको माग नबढेको हो।

यस्तै सहकारी क्षेत्रमा देखिएको समस्याले स्थायीस्तरमा उपभोगमा ह्रास ल्याएका समर्ग अर्थतन्त्रको मागमा कमी आएको र मागमा कमी आउँदा आयातमा घट्दा कर्जाको माग नबढेको हो। 

बैंकिङ प्रणालीबाट कर्जाको माग नबढेपछि बैंक वित्तीय संस्थाहरूले निरन्तररुपमा ब्याजदर घटाइरहेका छन्। निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटेपनि कर्जाको माग बढ्न सकेको छैन भने निक्षेप निरन्तररुपमा बढिरहेको छ। 

कर्जाको माग नबढेपछि बैंक वित्तीय संस्थाहरूले राष्ट्र बैंकको स्थायी निक्षेप सुविधामा नै भएपनि लगानी गरिरहेका छन्। चालु आर्थिक वर्ष सरकारले करिब ८२ अर्बको हाराहारीमा आन्तरिक ऋण उठाएकाले बैंक वित्तीय संस्थाहरूले सरकारी ऋणपत्रमा औषत ब्याजदर ४.४१ मा लगानी गरेका छन्।
 
कर्जाको माग नबढेको प्रभाव बैंक वित्तीय संस्थाहरूको वासलातमा पर्न थालेका छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंक वित्तीय संस्थाहरूको खुद नाफामा गिरावट आएको छ भने खराब कर्जा बढेको छ। 

ब्याजदरमा आएको गिरावट र कर्जाको मागमा आएको कमीले बैंकहरूको ब्याज आम्दानीमा कमी आएको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दिएको नियामकीय सुविधाका कारण बैंकहरूको वित्तीय विवरणमा सामान्य राहात पुगेपनि आगामी दिनमा व्यवसाय विस्तार हुन नसके बैंकहरूको अवस्था थप जटिल बन्दै जाने देखिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend