बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एकवर्षमा सेयर बजार ८२५ अंकले बढ्याे, तिहारपछि खुल्ने बजार अब कता?

सोमबार, कात्तिक १९ २०८१
एकवर्षमा सेयर बजार ८२५ अंकले बढ्याे, तिहारपछि खुल्ने बजार अब कता?

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिरजस्तै रहेको छ।

काठमाडौं- तिहारअघि सेयर बजार खासै बढ्न सकेन। तिहारअघिकाे अन्तिम काराेबारकाे दिन बुधबार १४.४३ अंकले घटेर बजार २६७७.६२ बिन्दुमा झरेको छ। मंगलबारदेखि पुन: दाेस्राे बजारमा कारोबार खुल्ने छ।

दसैँ र तिहारको समयमा खासै बजार बढ्ने नगरेतापनि यसवर्ष भने फरक देखिएकोले अब बजार बुलतर्फ लाग्ने धेरैको अनुमान छ। बैंकको ब्याजदर न्यूनबिन्दुमा आउनुकाे साथै खरिदमा ठूला लगानीकर्ता देखिएकोले पनि अब मंसिरबाट थप उचाइतर्फ लाग्ने अनुमान बिश्लेषकहरुकाे छ। तिहार बिदाअघिको अन्तिम दिन ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको थियो।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिरजस्तै रहेको छ।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

एक वर्षअघि २०८० सालको तिहारभन्दा अगाडि कात्तिक २३ गते  (नोभेम्बर ९, २०२३) का दिन नेप्से परिसूचक १८५२ मा बन्द भएको थियो भने हाल २०८१ सालको तिहारअघि ३० अक्टोवर २०२४ मा नेप्से परिसूचक २६७७ मा बन्द भएको छ। यसरी हेर्दा परिसूचक ८२५ बिन्दुले सकारात्मक भएको देखिन्छ। यद्यपि यस अवधिमै २०८१ साउन ३१ गते नेप्से परिसूचक ३०००.८१ विन्दु पुगेको थियो।

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : सोमबार, कात्तिक १९ २०८११४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend