बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

समता घरेलु लघुवित्तको एफपीओमा ११ लाखभन्दा बढीको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

सोमबार, कात्तिक १९ २०८१
समता घरेलु लघुवित्तको एफपीओमा ११ लाखभन्दा बढीको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको एफपीओमा आवेदन दिने भोलि (कात्तिक २० गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।  

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बरावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर निष्कासनमा ल्याएको हो। 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कात्तिक १९ गते सम्ममा कम्पनीको एफपीओमा ११ लाख २७ हजार १२१ आवेदकमार्फत १ अर्ब ७० करोड ९३ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ९३ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको छ।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ । एफपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ ।


प्रकाशित : सोमबार, कात्तिक १९ २०८११२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend