शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

आज भाइटीका : दिदीबहिनीको हातबाट टीका लगाएर श्रद्धा, निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गरिँदै

images
आइतबार, कात्तिक १८ २०८१
images
आज भाइटीका : दिदीबहिनीको हातबाट टीका लगाएर श्रद्धा, निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गरिँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

images
images

काठमाडौं- नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज आइतबार भाइटीका पर्व मनाइँदैछ।

images
images
images

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

images
images

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

images
images

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ११ः३७ बजे साइत शुभ रहेको छ। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि आजकै दिन गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो। मंगलबार धनत्रयोदशी (धनतेरस), यमदीपदान र कागतिहार बुधबार नै मनाइयो। कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाइयो। कात्तिक १६ गते शुक्रबार औँशी परेको हुँदा कुनै पर्व थिएन। 

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको थियो। आज भाइटीका लगाएसँगै तिहार पर्वको उत्सव सकिएको छ।


प्रकाशित : आइतबार, कात्तिक १८ २०८१०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend