काठमाडौं- मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबार ९२ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि तोलामा १ सय बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ।