बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चालु वर्षकाे पहिलो तीन महिनामा २० बैंककाे प्रतिसेयर आम्दानी, कुनको बढ्याे कुनको घट्यो?

शनिबार, कात्तिक १७ २०८१
चालु वर्षकाे पहिलो तीन महिनामा २० बैंककाे प्रतिसेयर आम्दानी, कुनको बढ्याे कुनको घट्यो?

काठमाडौ- प्रतिसेयर आम्दानी सेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण सूचक हो। सेयर बजारमा लगानी गर्नुपूर्व यसको अध्ययन गर्न आवश्यक हुन्छ। कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ। यसरी निकालिएको प्रतिसेयर आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ। 

चालु आर्थिक वर्ष (आव) को पहिलो तीन महीनामा १२ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी बढेको छ।

बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई, नबिल, प्राइम कमर्शियल, एनएमबि र प्रभु बैंकको प्रतिसेयर आम्दानी बढेको छ।

यसैगरी, ग्लोबल आइएमई, कुमारी, नेपाल बैंक, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि प्रतिसेयर आम्दानी बढाएका छन्। 

यो अवधिमा ८ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेको छ, जसमा माछापुच्छ्रे, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन, सानिमा, सिटजन बैंक इन्टरनेशनल, राष्ट्रिय वाणिज्य, कृषि विकास र एनआईसी एसिया बैंक छन्।

२० वाणिज्य बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी ३६ रुपैयाँ ५७ पैसा छ। गत त्रैमासमा सर्वाधिक प्रतिसेयर आम्दानी हुने बैंकको सूचीमा एभरेष्ट बैंक दोस्रो स्थानमा छ। बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८५ पैसा छ।

त्यसैगरी, नेपाल एसबिआई बैंकको ३१ रुपैयाँ ०३ पैसा र नबिल बैंकको २९ रुपैयाँ ८३ पैसा छ। एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी भने सबैभन्दा कम २ रुपैयाँ ९१ पैसा रहेको छ । 

प्रतिसेयर आम्दानी सेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण सूचक हो। सेयर बजारमा लगानी गर्नुपूर्व यसको अध्ययन गर्न आवश्यक हुन्छ। कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ। यसरी निकालिएको प्रतिसेयर आम्दानी तीन महीनासम्म उपयुक्त हुन्छ। 

कुन बैंकको कति?

 कम्पनीको नाम  प्रतिसेयर आम्दानी   
चालू आवको पहिलो त्रैमास  गत आवको पहिलो त्रैमास
 
स्ट्याण्डर्ड चार्टर्ड बैंक 36.57 35.11  
एभरेष्ट बैंक 34.85 29.19  
नेपाल एसबिआई बैंक 31.03 18.25  
नबिल बैंक 29.83 21.31  
प्राइम कमर्शियल बैंक 26.53 23.74  
एनएमबि बैंक 24.95 20.98  
प्रभु बैंक 17.68 17.57  
माछापुच्छ्रे बैंक 17.32 18.66  
नेपाल इनभेष्टमेण्ट मेगा बैंक 17.16 17.84  
ग्लोबल आइएमई बैंक 16.74 13.71  
कुमारी बैंक 16.44 4.03  
नेपाल बैंक 16.39 3.88  
हिमालयन बैंक  13.42 19.51  
सानिमा बैंक 11.55 15.21  
सिद्धार्थ बैंक 10.64 1.19  
लक्ष्मी सनराइज बैंक 9.25 1.9  
सिटिजन्स बैंक इन्टरनेशनल  5.58 11.344  
राष्ट्रिय वाणिज्य बैंक  3.87 21.99  
कृषि विकास बैंक 3.25 -28.83  
एनआईसी एशिया बैंक 2.91 26.58


प्रकाशित : शनिबार, कात्तिक १७ २०८१०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend