शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

राजविराजकाे यातायात कार्यालयले तीन महिनामा संकलन गर्‍याे दुई करोड १४ लाख राजस्व

images
शुक्रबार, कात्तिक १६ २०८१
images
राजविराजकाे यातायात कार्यालयले तीन महिनामा संकलन गर्‍याे  दुई करोड १४ लाख राजस्व

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

सप्तरी- राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

images
images
images

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख ६ हजार एकसय २० रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए।

images
images

सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँचसय २५ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ६५ हजार नौसय १० रूपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एकसय ८५ रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँचसय रूपैयाँ राजस्व संकलन भएको छ।

विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एकसय ५१ रूपैयाँ राजस्व संकलन भएको थियो भने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चारसय ७५ रूपैयाँ संकलन भएको थियो। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८११२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend