मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

धरानमा बढ्यो झिलीमिली बत्तीको व्यापार, मीठाइ मसला र फूलले ढाकियो बजार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १६ २०८१
images
धरानमा बढ्यो झिलीमिली बत्तीको व्यापार, मीठाइ मसला र फूलले ढाकियो बजार

अहिले बजारमा फरक-फरक खालका झिलिमिली बत्ती फरक-फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन्। न्यूनतम प्रतिगोटा १० देखि २० हजार रुपैयाँसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन्।

images
images

धरान- फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ। तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ। किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ। झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ।

images
images
images

दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ।

images
images

तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ। फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ। पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए।

images
images

तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवले बताए। उनले भने, 'अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ। बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन्। व्यापार राम्रो भएको छ।' झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले बताए।

धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ। तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ।

भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिएका प्रविन श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताए। उनले भने, यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ।' श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ। दिनमा ४० देखि ५० हजार रुपैयाँसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उनले बताए।

व्यापारी श्रेष्ठले भने, 'तिहारलाई लक्षित गरी व्यापारीले दसैँ आउन १/२ महिना बाँकी हुँदादेखि नै झिलीमिली बत्ती बिक्री गर्न सामान ल्याइसकेका हुन्छन्।'  केही दिनयता भने दैनिक रूपमा ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री हुने गरेको उनले बताए।

झिलीमिली बत्तीसँगै यो समयमा साधारण खालका बल्बको पनि बिक्री तीन गुणा बढीले हुने गरेको श्रेष्ठको भनाइ छ। अहिले घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यता रहिआएका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएकाले त्यस्ता बल्बको पनि बिक्री बढेको उनले बताए।

अहिले बजारमा फरक-फरक खालका झिलिमिली बत्ती फरक-फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन्। न्यूनतम प्रतिगोटा १० देखि २० हजार रुपैयाँसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन्। पछिल्लो समय लोडसेडिङको समस्या कम भएकाले पनि प्रत्येक वर्ष तिहारमा यस्ता बत्तीको माग दोबर नै बढ्ने गरेको व्यवसायीको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८१११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend